arrow

जी२० सम्मेलन : 'ट्रम्प र पुटिन छिटो घुलमिल भएको देखिन्थ्यो'

logo
प्रकाशित २०७४ असार २५ आइतबार

ह्यामवर्ग (जर्मनी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको र उनीहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनी लगाइएको रसियाली हस्तक्षेपबारे छलफल गरेका छन्।

भेटमा ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रसियाली अधिकारी संलग्न नरहेकाबारे पुटिनले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पार्ने प्रयास गरेका थियो भने पुटिनको प्रस्तुतिलाई ट्रम्पले स्वीकार गरेको रसियाली विदेश मन्त्री सेर्गेइ लाभरोभले एएफ्पीलाई जानकारी गराएका छन्।

यसबारे अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनसँग सोधिएको प्रश्नमा दुईजनाबीच महवपूर्ण कुराकानी भएको भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्नेमा अझै निश्चित नभएको बताएका छन्।

“दुई राष्ट्रपतिहरु एकअर्कासँग असाध्यै छिटो घुलमिल भएको देखिन्थ्यो र उनीबीच ‘सकारात्मक भावना’ सिर्जना भएको देखिएको छ, अमेरिकी विदेशमन्त्री टिलरसनले भने। दुई नेताबिच सिरिया, युक्रेन र साइबर सुरक्षाका विषयमा मिलेर काम गर्ने सहमति भएको बताइएको छ।

क्रेमलिनले यी सहमतिहरुलाई अमेरिकासँग अझ व्यापक सहकार्य गर्ने र पश्चिमा प्रतिबन्धहरु खारेज गराउने आफ्नो मुख्य लक्ष्य प्राप्तिको पहिलो कदमका रुपमा हेर्नेछ।

पोल्यान्डमा बिहीबार भएको सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले अमेरिकी बहुसङ्ख्यक गुप्तचर निकायले सन् २०१६ को निर्वाचनमा रसियाले घुसपैठ वा हस्तक्षेप गरेको भनी निकालेको निष्कर्षलाई भने फेरि एकपटक नकार्नेका थिए। यस सम्बन्धमा ट्रम्पले यो रसिया हुन पनि सक्छ तर अन्य मुलुकले घुसपैठ गरेका पनि हुनसक्छन् भनी प्रतिक्रिया दिएका थिए।

“साँच्चै कसैले पनि निश्चितरूपमा थाहा पाएको छैन,” ट्रम्पले पोल्याण्डमा भने। अमेरिकी सांसद तथा केन्द्रीय अनुसन्धानकर्ताले रसियाको सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाको घुसपैठ तथा ट्रम्पका निर्वाचन अभियान सहयोगी र तत्कालीन समयमा अमेरिकामा कार्यरत रसियाली कूटनीतिज्ञबीच सम्भावित सहकार्य थियो भनी गरिएका दाबीमाथि छानबिन गरिरहेका छन्। रासस-एपी-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ