arrow

जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्झौता अनुमोदन गर्न अमेरिका असहमत

logo
प्रकाशित २०७४ असार २५ आइतबार
g201.jpg

ह्यम्बर्ग  । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ जर्मन चान्सलर एन्जिला मार्केललगायतको सो बैठकमा सहभागिता रहेको थियो । उक्त सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्बन्धी सम्झौता, पेरिस सम्झौतामा अमेरिकाले अनुमोदन गर्न मानेन । विश्वका अरु १९ देशका कार्यकारी एवम् राज्य प्रमुखहरुले त्यसलाई एकमतले अनुमोदन गरेका छन् । यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देशहरु अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी, रुस, भारतलगायत सदस्य रहेका छन् । यी नेताहरुले विशेषगरी विश्वको आर्थिक, सामाजिक, राजनीतिक र क्षेत्रीय अन्य एजेण्डाका बारेमा छलफल र कतिपय विषयमा सहमति पनि गरेका थिए ।विश्वमा जलवायु परिवर्तनको एजेण्डाका बारेमा पनि सो सम्मेलनमा कुराकानी भएको थियो । सोही बमोजिम उक्त सम्मेलनमा जलवायु परिवर्तन बारेको अर्को एजेण्डामा पनि छलफल भएको थियो । 

पेरिसमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भएको उक्त पेरिस सम्झौतामा अमेरिकाले भने असहमति व्यक्त गर्दै आएको थियो । त्यसैले यस सम्झौताको अनुमोदनको एजेण्डमा अमेरिकाले असहमति नै प्रकट गर्यो । त्यस सम्झौताले अघि सारेको हरित गृह प्रभाव कमगर्ने बारेमा विश्वका १९ देशका नेताहरुले भने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्न उक्त सम्झौताले गरेको प्रतिबद्धता पूरागर्ने पक्षमा कामगर्ने जनाएका थिए । उक्त पेरिस सम्झौतामा विश्वमा आगामी दिनमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हरित गृह प्रभाव घटाउने र विश्वको तापमान दुई डिग्री सेल्सियसभन्दा कम गरीराख्ने बारेमा व्यवस्था गरिएको छ । साथै सो सम्मेलनमा विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डाका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । केही वर्षअघि विश्वमा देखिएको आर्थिक मन्दीको प्रभावका बारेमा पनि सो सम्मेलनमा छलफल भएको थियो । 

यसैबीच जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विरोधस्वरुप प्रदर्शनहरु गरिएका थिए । प्रदर्शन शान्तिपूर्ण भनिए पनि केही ठाउँमा सामान्य भडपका घटना भने भएका थिए । प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधी नारा लगाउँदै र आफ्नो समूहका झन्डा फहराउँदै शहरका विभिन्न भागमा परिक्रमा गरेका थिए । यस क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । 

हाल जर्मनी जि२० को अध्यक्ष रहेको छ । अर्जेन्टिनाले आगामी डिसेम्बरदेखि सो संगठनको अध्यक्षता लिने छ । जि२०को अर्को सम्मेलन अर्जेन्टिनाले आगामी बर्ष आयोजना गर्ने भएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ