arrow

चीन- पाकिस्तान विज्ञान प्रविधि सम्झौता

logo
प्रकाशित २०७४ असार २५ आइतबार
Pakistan-and-Chinn-nn.jpeg

इस्लामावाद । चीन र पाकिस्तान विज्ञान र प्रविधिको क्षेत्रमा द्विपक्षीय सहयोग र समन्वय अभिबृद्धिका क्षेत्रमा सहमत भएका छन् । 

दुई देशले रोड एण्ड बेल्ट इनिसिएटिभका माध्यमबाट विज्ञान र प्रविधिका क्षेत्रमा साझा लगानी र समन्वयसम्बन्धी सम्झौता पनि गरेका छन् । शनिबार पाकिस्तानका राष्ट्रपति मनुन हुसेन र चीनका विज्ञान प्रविधिसम्बन्धी मन्त्री वाङ चोङबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

चिनियाँ मन्त्री चोङ चीन पाकिस्तान संयुक्त संयन्त्रको १८ औँ बैठकका लागि पाकिस्तान पुगेका छन् । यसै भेटका  क्रममा उक्त सम्झौता भएको थियो । सो क्रममा मन्त्री चोङले चीन पाकिस्तान रणनैतिक साझेदार राष्ट्र भएकोले आगामी दिनमा पनि बेल्ट एण्ड रोड इनिसिएटिभ्सका माध्यमबाट कैयौँ आयोजनाहरु गर्न सकिने धारणा राखेका छन् । उनले चीन पाकिस्तान सम्बन्धको एक महत्वपूर्ण अध्याय भनेको यी दुई देशको बीचमा रहेको चीन पाकिस्तान आर्थिक मार्ग हो । 

यस ओबिओआर आयोजनामार्फत चीनले पाकिस्तानसँग मिलेर विज्ञान प्रविधिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने र नयाँ नयाँ आविश्कारका लागि पनि सामुहिक सहकार्यको मार्ग प्रसस्त गर्ने बताए । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ