arrow

इराकी सेनालाई मोसुलमा आइएस विरुद्ध थप सफलता

logo
प्रकाशित २०७४ असार २५ आइतबार
Iraqi-army.jpg

मोसुल (इराक)। इराकी सरकारी सुरक्षा फौजले इश्लामिक स्टेट (आइएस) विद्रोहीको प्रभावक्षेत्र मानिदै आएको मरलुककै दोस्रो ठूलो शहर मोसुलको अन्तिम केही भागबाट पनि विद्रोहीलाई धपाउने क्रममा एकपछि अर्को गर्दै सफलता पाएको इराकी सेनाले जनाएको छ।

सेनाले विद्राहीको नियन्त्रणमा रहेको अन्तिम एक वर्ग किलोमिटरमा आइएस विरुद्धको कारबाही जारी राखेको छ।

आइतबार सेनाका नवौँ गणका लेफ्टिनेन्ट जनरल जासिम निजालले आफ्नो समूहलाई दिएको क्षेत्रमा विजय हाँसिल गरेको बताए। इराकी केन्द्रीय शसस्त्र प्रहरीले पनि मोसुलको कारबाहीबारे यसअघि यसै किसिमको दावी गरेका थियो।

इराकी सेनाले मोसुललाई विद्रोहीको नियन्त्रणबाट छुटाउन गत बर्ष (सन् २०१६) को अक्टुबरबाट सशक्त सुरक्षा कारबाही थालेको थियो। रासस÷एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ