arrow

जलवायु परिवर्तनको मुद्दामा ट्रम्पको तँगारो, संरक्षणवाद विरुद्ध जी २० मा एकमत

logo
प्रकाशित २०७४ असार २५ आइतबार
China-G20-Trade_Dutt-(1).jpg.jpeg

काठमाडौं । जी २० समूह सम्मिलित देशका नेताहरु पछिल्लो समय देखिएको अस्वस्थ व्यापार र व्यापारमा देखिएको संरक्षणबाद विरुद्ध लड्ने समझदारीमा पुगेका छन् ।

जुलाई ७ र ८ मा जर्मनीको हम्बर्गमा सम्पन्न जी २०को सभापछि सभामा सम्मिलित देशका प्रतिनिधिहरुले यसको लागि उचित उपकरणको भने आवश्यकता रहेको निष्कर्षमा पुगेको जमृन प्रेस एजेन्सीको एक रिपोर्टले जनाएको छ । शनिबार प्रकाशित उक्त रिपोर्टका अनुसार सम्मिलित सदस्यहरु संरक्षणवादका केही तत्वहरुको पहिचान गरी यसविरुद्ध लड्ने पक्षमा पुगेका हुन् । 

हम्वर्गमा उपस्थित नेताहरु भन्छन् व्यापारमा देखिएको संरक्षणवाद र अस्वस्थ व्यापार विरुद्ध हामी निरन्तर लडिरहन्छौं । तर, सम्मेलनमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पको अडानका कारण जलवायू परिवर्तन सम्वन्धी भने हुन सकेन । उनले पेरिस सम्झौतालार्इ बदल्नुपर्ने शर्त राख्दै आइरहेका छन् । 

शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आतंकवाद, विश्व आर्थिक वृद्दि लगायतका विषयमा छलफल चलेको थियो । साथै, अफ्रिकामा देखिएको बसार्इसरार्इ र स्वास्थ्य लगायतका विषयमा अफ्रिकासँग सहकार्य गर्ने विषयमा पनि छलफल चलेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ