arrow

अमेरिकी विदेशमन्त्री टर्कीमा, टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता

logo
प्रकाशित २०७४ असार २६ सोमबार
USA-rex-tillerson-president-recep-tyyip.jpg

इस्तानबुल। अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुगेको समाचार छ। उनले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ। त्यसैगरी उनले आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गरेको टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

संयुक्त राज्य अमेरिका र टर्की सिरियाका विषयमा विभाजित छन्। उनीहरु एकले अर्का राष्ट्रको एजेण्डालाई मान्दैनन्। तर यी दुई देश नेटो संगठनमा भने सदस्य रहेका छन्। अमेरिकी विदेशमन्त्री रेक्सले टर्कीस राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचको भेटवार्तामा भएका कुरकानीका बारेमा सञ्चारले भने केही दिएका छैनन्।

तर पनि उनीहरुबीच सिरियामा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, कतारमा विकसित कूटनीतिक तनावका बारेमा कुराकानी भएको टर्कीको सरकारी समाचार समिति, अनादोलुले जनाएको छ। अमेरिकी विदेशमन्त्री टिलरसन र टर्कीस राष्ट्रपतिबीच आइतबार साँझ लामो कुराकानी भएको बताइएको छ। सिरियामा विगत पाँच वर्षभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन जारी छ। सो आन्दोलनका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक हताहत भएका छन्।

तर यसको शान्तिपूर्ण समाधानको मार्ग भने आजका मितिसम्म पनि कतैबाट निस्केको छैन। अमेरिकी विदेशमन्त्रीको यो भ्रमण पनि सिरियाली समस्या समाधानका विषयमा केन्द्रित हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन्। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ