arrow

पदभार गर्न नपाउँदै निर्वाचित वडा सदस्यको हत्या

श्रीमान् पक्राउ

logo
प्रकाशित २०७४ असार २६ सोमबार
Mahila-hatya-new.jpeg

रुकुम । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका ७ नम्बर वडा जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले उहाँकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी हुनुभएको थियो । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । थप अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पुर्‍याएको प्रहरी निरीक्षक रजालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ