बुटवल। रुपन्देहीको बुटवल मिलनचोकमा भर्खरै बम बिस्फोट भएको छ। राती साढे ९ बजे मिलनचोक नजिकको प्रतिक्षालयमा बिस्फोट भएको हो। बिस्फोटमा मानवीय क्षती भने भएको छैन ।
सुत्ने बेलामा बिस्फोट भएपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
मंगलवार हुने भनिएको नेपाल बन्दको पूर्ब सन्ध्यामा भएको बम बिस्फोट कसले गरायो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपिरक्षक मुकुन्द मरासिनीले जानकारी दिए।