arrow

सुस्ता गाउँपालिकामा चट्याङ पर्दा छजना घाइते

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
lightning.jpg

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नं ३ मर्चहवा गाउँमा चट्याङ पर्दा छ जना घाइते भएका छन् । 

घाइते हुनेमा स्थानीय ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, वर्ष २८ की चन्द्रकला देवी कोइरी र वर्ष ५५ का भगन दुषाध रहेका छन् । एकजनाको भने नाम खुलेको छैन । 

सोमबार चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेको उपचार शहीद स्मृति अस्पताल चौपतामा भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ