arrow

श्रीमानद्धारा श्रीमतीको गला रेटी हत्या, टाउको लिएर आत्मसमर्पण

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
Killed.jpeg

कोहलपुर । सँगै जिउने सँगै मर्ने कसम खाइ विवाह बन्धनमा बाँधिएका श्रीमानले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । 

कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

“ सोमबार राति करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा आएको थियो,” इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने, “घटनास्थल पुग्दा मृतकको शरीर र पाँच–छ महिनाकी छोरी भेटिइन् । छोरीको हामीले तत्कालै उद्धार गर्‍यौं ।” 

श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ । निजकी कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयबासीले राति इप्रका कोहलपुर घेराउ गरेका थिए । 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ