arrow

पानीमा डुबेर प्रहरी जवानको मृत्यु

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
Death-body-nepali-simbol.jpg.jpeg

पोखरा, २७ असार । सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । 

पर्वत, कुस्मा नगरपालिका १२ घर भई क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय पोखरामा कार्यरत प्रहरी जवान २६ वर्षीय बलबहादुर कुँवरको खोलामा डुबेर सख्त घाइते भएकामा उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको र उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । 

पोखरा लेखनाथ महानगरपालिका १८ चङ्खपुरबाट हर्पन खोलाले बगाएर सोमबार बेपत्ता महानगर ३ नदीपुरका २४ वर्षीय इन्द्र पुन र ललित पुनलाई पनि मृतावस्थामा खोलाबाट बाहिर निकालिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ