arrow

वर्षाले ग्रामीण सडक हिलाम्मे, जोखिमपूर्ण यात्रा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ असार २७ मंगलबार
sadok.jpg

कञ्चनपुर । वर्षा सुरू भए संगै कञ्चनपुरका ग्रामीण सडकहरू बिग्रन थालेका छन् । आइतबार देखी लगातारको वर्षाका कारण कच्ची सडक बिग्रदा आहोर–दोहोरमा समस्या भएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी बेल्डाँडी सडकखण्ड, कलुवापुर बेलौरी र डोकेबजार–पुनर्वास–बेलौरी–बेल्डाँडी हुँदै दैजी जोड्ने हुलाकी मार्ग लगायत जिल्लाका अन्य स्थानीय सडक हिलाम्मे हुँदा स्थानीयलाई ओहोर–दोहोर गर्न सास्ती भएको हो । पुनर्वासका स्थानीय कृष्णप्रसाद उपाध्याय भन्छन्, ‘कच्ची सडक भएकाले हरेक वर्ष वर्षातमा यस्तै सास्ती भइरहेको छ ।’ उनका अनुसार डोकेबजारदेखि बेलौरी सम्मको कच्ची सडकमा ग्राभेल गरिएको एपनि बालुवा मिसावट भएका कारण सडक भासिदै जाँदा हिलो हुने गरेको छ ।

यस्तै, बेल्डाँडी, कलुवा, ब्रह्मदेव सडक खण्डमा कच्ची सडक भएका कारण यात्रा जोखिम बढ्दै गएको छ । बेलौरी–कलुवापुर र डोकेबजार हुँदै पुनवार्स–बेलौरी–बेल्डाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग कालोपत्रेका लागि ठेक्का भएपनि कामले गति नलिँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । सम्बन्धित निकायले सडक विकासमा ध्यान नदिँदा ग्रामीण भेगका स्थानीयलाई समस्या भएको स्थानीयको गुनासो छ ।

वर्षातले सडकमा खाल्डाखुल्डी र हिलो हुँदा सवारी साधनबीच बाटोमै फस्ने गरेका छन् । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख विनोद कुमार मौवारले भने सडकमा काम भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ