arrow

अन्तर्घातीलाई कडा सजाय दिने कञ्चनपुर काँग्रेसको निर्णय

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
Congres-FNL.jpg1.jpeg

कञ्चनपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनपेक्षित परिणाम भोगेपछि नेपाली काँग्रेस कञ्चनपुरले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

महेन्द्रनगरस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समिति बैठकले असार १४ को निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारलाई हराउन भूमिका खेल्ने अन्तर्घातीलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरका अधिकांश स्थानीय तहमा भोग्नु परेको पराजयको समिक्षा गर्दै पराजित गर्न भूमिका खेल्ने पार्टीका क्रियाशिल कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरिएको बैठकमा सहभागि काँग्रेस जिल्ला कार्यसमिति सदस्य चक्र महताले जानकारी दिए ।
सदस्य महताका अनुसार बैठकले वडा कार्य समितिलाई पार्टीले अघि सारेका उम्म्ेदवारसँग खुला छलफलमा राखेर अन्तर्घात गर्नेहरुको नाम र चुनावी समिक्षा गरेको प्रतिवेदन २० दिनभित्र जिल्लामा पठाउन परिपत्र गरेको छ ।

वडास्तरबाट आएको समिक्षा प्रतिवेदनलाई जिल्ला कार्य समितिले पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व जिल्ला सभापतिहरु, पराजित उम्मेदवारहरु लगायतको सर्वपक्षीय बैठकमा छलफल गराइने र पार्टीले चाल्ने आगामी कदमको मार्ग तय हुने कञ्चनपुर काँग्रेसले जनाएको छ । वडास्तरबाट चुनावमा अन्तर्घात गरेको प्रमाणित भएर आएकाहरुलाई निलम्बनदेखि पार्टीबाट निकाल्नेसम्मको कारबाही गर्ने कञ्चनपुर काँग्रेसको तयारी छ ।

९ स्थानीय तह रहेको कञ्चनपुरमा काँग्रेसले महाकाली र शुक्लाफाँटा नगरमा मेयर र भीमदत्त नगरपालिकामा उपमेयरमा चित्त बुझाउनु परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ