arrow

काँग्रेसले तेस्रो चरणको चुनाव प्रचार वीपीलाई सम्झँदै जनकपुरबाट आरम्भ गर्ने

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
congress-123.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले संस्थापक नेता वीपी कोइरालाको ३५औँ स्मृति दिवसको अवसर पारेर तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचार प्रसार सुरु गर्ने भएको छ ।

काँग्रेसले प्रदेश २ मा असोज २ मा हुने भनिएको तेस्रो चरणको निर्वाचनको प्रचार–प्रसार आरम्भ गर्नका लागि वीपी स्मृति दिवसको साइत जुराएको हो ।

मंगलबार बसेको काँग्रेस केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो । काँग्रेस केन्द्रीय सदस्य एवं उपसमिति संयोजक रमेश लेखकको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले साउन ६ गते जननायक वीपी कोइरालाको ३५औं स्मृति दिवसको अवसर पारेर धनुषाको जनकपुरमा २ नम्बर प्रदेशका सबै जिल्लाको प्रचार–प्रसार समितिको विशेष भेला आयोजना गर्ने निर्णय गरेको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।

जनकपुरमा हुने विशेष भेलाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार–प्रसार अभियान प्रारम्भ गर्ने उपसमिति संयोजक लेखकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ