राजकुमारको हत्यापछि प्रहरीलाई धन्यवाद दियो उद्योग वाणिज्यसंघले
प्रकाशित २०७४ असार २८ बुधबार
339
Shares
तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले नेपाल प्रहरीले तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि भएको हत्याको छानविनमा सफलता प्राप्त गरेकोप्रति धन्यवाद दिएको छ ।
२१ दिनसम्म वेपत्ता रहँदा खोजीका लागि खासै पहल नगरेको वाणिज्य संघले विज्ञप्ति जारी गरेर श्रेष्ठको अपहरण पछि भएको हत्यामा प्रहरीले एक महिना पछि दोषीलाई पक्राउ गरेको भन्दै स्यावासी दिएको हो ।
वाणिज्य संघका अध्यक्ष विमल रिजालले जारी गरेको विज्ञप्तिमा घटनाका सम्बन्धमा यथार्थ पत्ता लगाई दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दछाैँ भनिएको छ ।
विज्ञप्तिमा तुलसीपुर क्षेत्रमा घटेका श्रृंखलाबद्ध अपराधिक घटनाका कारण तुलसीपुरका आम व्यवसायीले असुरक्षा महसुस गरिरहेको हुँदा पूर्ण सुरक्षाका लागि समेत प्रशासनसँग माग गर्दछाँै, –भनिएको छ ।