arrow

भीरकोट नगरको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, पर्यटन, सम्पतिकर, भुकम्प पिडितलाई प्रथामिकता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असार २९ बिहिबार
bhimkot-nagar.jpg

स्याङ्जा। पहिलो पटक जनताबाट चुनिएका जनप्रतिनिधिहरुले भीरकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले आर्थिक बर्ष २०७४-०७५ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले नगरपालिकाको सम्मुन्नत विकासका लागि विषयगत रुपले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। पहिलो नगर सभाबाट नगरपालिकालाई समृद्ध नगरको रुपमा परिचित गर्न वडा भेलाबाट आएको सुझाव र योजना सहित कार्यपालिकाको बैठकले पारित गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगर प्रमुख खनालले बताए।

तीन बर्ष अगाडी नगरपालिकाको रुपमा घोषणा गरिएको भीरकोट लाई आर्थिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक रुपले सम्मुन्नत बनाउने योजना सहित नगरपालिका अगाडी बढेको खनालको भनाई छ। आर्थिक बर्ष सकिन लाग्दा आउने आर्थिक बर्षका लागि सरकारलेले दिएको अख्तियारी रकमलाई आधार मानेर योजना तर्जुमा गरिएको भीरकोट नगरपालिकाले जनाएको छ।

कार्यक्रममा नगरकार्यपालिका प्रमुख खनालले एकिकृत सम्पत्तिकर सम्बन्धी निर्देशिका  तयार गरी २०७५-०७६ मा लागू गर्ने, बस्ती विकास, शहरी योजना, भवन निर्माण मापदण्ड अनिवार्य लागू गर्ने, भुकम्पपिडितलाई राहत र पुर्ननिर्माणमा प्रभावकारीका साथ लाग्ने, नगर वडाका नाममा रहेका चलअचल सम्पत्तिको विवरण अद्यावधिक गर्ने, खाद्यान्न तरकारी तथा पशुजन्य उत्पादनमा आत्र्मनिर्भर बन्ने आँधीखोला किनारमा तटबन्धन गर्ने लगायतका निति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन्। 

नीति तथा कार्यक्रम सार्वजनिक गरे सगै बजेटको व्यवस्थापन सम्वन्धी कार्यपालिकाको छलफल चलिरहेको भीरकोट नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज ढुङ्गानाले बताए। विकास बजेट र सामाजिक बजेटको सिलिङ शुक्रवार सार्वजनिक हुने कार्यकारी ढुङ्गानाको भनाई छ। सरकारले भीरकोट नगरपालिकाका लागि २८ करोड ५० लाख ९३ हजार रकम निकासा गरेको थियो।

४ गाँउ विकास समितिलाई गाभेर घोषणा गरिएको नगरपालिका पछि स्थानीय तहमा जादा २ गाविस सहित ६ गाविस मिलाएर नगरपालिका घोषणा गरिएको थियो। भीरकोट नगरपालिकामा ९ ओटा वडा रहेका छन्। सिमित आर्थिक स्रोत रहेको नगरपालिकामा नागरिकका अपेक्षा धेरै भएपनि सबै क्षेत्रको विकासलाई समेटेर अगाडी बढ्ने योजना रहेको नगरपालिकाका उपप्रमुख सिमा केसी कर्मचार्यले बताईन्। नीति तथा कार्यक्रमको पहिलो सभाको व्यवस्थापिका सांसद कमल प्रसाद पंगेनीले उदघाटन गरेका थिए।

नगरपालिकालाई आर्यआर्जनका निम्ति उत्पादन क्षेत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ निर्वाचित जनप्रतिनिधिहरु लाग्न पंगेनीले आग्रह गरेका थिए । पछिल्लो समय कामको भन्दा पनि भाषणको प्रतिस्पर्धा हुन थालेको चर्चा गर्दै पंगेनीले कामको प्रतिस्पर्धा गरेर जनताको चाहाना पुरा गर्ने तर्फ लाग्न सबैलाई आग्रह गरे। कर्मचारीबाट संचालन भएका स्थानीय निकाय साउन १ गतेबाट स्थानीय तह जनप्रतिनिधिबाट संचालन हुने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ