arrow

आसामबोमा  बाढीः १७ लाख  बढी जनसङख्या प्रभावित

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
new-photo-kalikot-badhi.jpg.jpeg

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीको कारण १७ लाख ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

सो राज्यमा अवस्थित ३३ वटा जिल्लामध्ये २६ जिल्लामा हाल बाढीको प्रकोप जारी नै छ । यसबाट प्रभावित भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् । सो राज्यका २९ हजार व्यक्ति १२३ वटा शिविरमा बसोवास गर्दै आएका छन् । यस बाढीका कारण ५२ व्यक्तिले ज्यान गुमाएका छन् । 

त्यसैगरी प्रकोपको कारण ३२ वटा बन्यजन्तु समेत मरेका सरकारद्वारा सञ्चालित रेडियो सेवा अल इन्डिया रेडियो (एआइआर)लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् । आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतका स्थानमा पनि सो बाढीको पानीले गलमग्न भएको समाचारमा जनाइएको छन् । 

थप प्रहरी बलको सहयोगबाट प्रभावित इलाकामा ९० चौपायाको भने उद्धार गरिएको छ । आसाममा मनसुनी वर्षाको समयमा वर्षेनी बाढीबाट प्रभावित हुनुपरेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ