arrow

नेता रामहरि जोशीको आर्यघाटमा अन्त्येष्टि

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
ramhari-joshi.jpg

काठमाडौँ। बिहीबार निधन भएका नेपाली काँग्रेसका नेता रामहरि जोशीको बिहिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।काँग्रेसका संस्थापक मध्येका नेता जोशीको अन्तिम दाहसंस्कार गरिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जोशीको पार्थिव शरीरमा उनका भतिजा विष्णु जोशीले दागबत्ती दिएका थिए ।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्यघाट पुगी स्व जोशीप्रति पार्टीको चारतारे झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिए । नेता जोशीलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत आर्यघाट पुगेका थिए । जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा काँग्रेस नेता कार्यकर्ता तथा शुभेच्छुकको भीड थियो ।

नेपाली राजनीतिमा समाजवादी नेताका रुपमा चिनिएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ