arrow

निर्धारित समयभन्दा ३ घण्टापछि सुरु भयो काठमाडौं महानगरको नगरसभा 

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
KMC_nagarsava1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगरसभा निर्धारित समय भन्दा ३ घण्टापछि सुरु भएको छ । नेकपा एमालेले महानगरपालिकालाई एकलौटी चलाउन खोजेको भन्दै काँग्रेसका जनप्रतिनिधिहरुले विरोध गरेपछि रोकिएको नगरसभा ३ घण्टापछि सुरु भएको २९ नं वडाध्यक्ष कुश ढकालले जानकारी दिए । 

मेयर र उपमेयरबीच चलेको बैठकपछि नगरसभा सुरु भएको भएपनि कुनै ठोस निर्णय भने नभएको ढकालले हाम्राकुरालाई जानकारी दिए । शुक्रबार दिउँसो २ बजेको लागि बोलाईएको बैठकमा १४ वडाका वडाध्यक्षहरु बैठक कक्षभित्र प्रवेश नै नगरेपछि नगरसभा सुरु हुन सकेको थिएन । 

अहिले काठमाडौंको राष्ट्रिय सभागृहमा प्रस्तुत महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल भईरहेको छ । काँग्रेसका वडाध्यक्षहरुले भने यो बजेट छापामार शैलीमा ल्याईएको भन्दै विरोध जनाएका छन् । छापामार शैलीमा ल्याईएको सो नीति तथा कार्यक्रम स्वीकार्न नसकिने भएपनि बैठक नै बहिस्कार गर्न उचित नरहेकोले बैठकमा सहभागी भएको ढकालले जानकारी दिए । आफूहरुको फरक मत बैठकमा नै प्रस्तुत गर्ने उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ