arrow

दक्षिण एशियामा बढ्दै अलकायदाको स‌ंगठन !

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
allcayada.jpg

काठमाडौं । विश्व आतंकवादी संगठन अलकायदाको पछिल्लो समय दक्षिण एशियामा सक्रियता बढेको छ । २०१७ को पहिलो सात महिनामा नै यस क्षेत्रमा सयौं संख्यामा अलकायदाको सदस्याता बृद्धि भएको आतंकवाद विरोधी विशेषज्ञहरुले अमेरिकी संसद्लाई जानकारी दिएको समाचार वासिंटनबाट नवभारत टाइम्सले जानकारी दिएको छ । यो समस्या विशेषगरी अफगानिस्तान र वंगलादेशमा बढी रहेको बताईएको छ । 

सामरिक मामलाका विशेषज्ञ सेथ जी जोन्सका अनुसार २०१७ को यो समयसम्म अफगानिस्तानको हेलमन्द, कन्धार, जावुल, पख्तिया, गजनी तथा नूरिस्तान प्रान्तमा बढी चुनौती पूर्ण रहेको छ । यो वर्ष पछिल्लो ५/१० वर्षको भन्दा पनि बढी अलकायदाको सदस्यता बढी रहेको सूचना पनि अमेरिकी संसद्मा पुगेको छ । 

जोन्सले यो कुरा अमेरिकाको आतंकवाद तथा खुफिया मामलामा अमेरिकी संसद्को आन्तरिक सुरक्षा उपसमिति समक्ष बताएका हुन् । उनले अहिले वंगलादेशमा पनि आतंकवादी संगठनहरु सक्रिय रहेका छन् र अनेक खालका हमलाको धम्की दिईरहेका छन् । भारतीय उपमहाद्वीपका कतिपय ठाउँमा त मिडिया नै सञ्चालनमा ल्याएर विस्तारविस्तार आफ्नो प्रोपोगाण्डा चलाईरहेका छन् । 

उनका अनुसार आतंकवादी संगठनले अफगानिस्तान तथा पाकिस्तानमा कम हमला गरेका छन् । अफगानिस्तान पाकिस्तान तथा वंगलादेशलाई आफ्नो सुरक्षित स्थानको फाईदा उठाउँदै अलकायदा नेता आयमन अल(जवाहिरीले सेप्टेम्बर २०१४ मा दक्षिण एशियामा क्षेत्रीय संगठन सुरु गर्ने बताएका थिए । उनले भनेका थिए 'भारतीय उपमहाद्वीपमा जिहादको झण्डा बलन्द गर्दै पुरै उपमहाद्वीपमा स्लामिक शासन लागू गर्नको लागि अलकायदाको नयाँ शाखा 'कायदा अल जिहाद' शुरू गरिएको छ ।'

अमेरिकन इन्टरप्राईजेज इन्स्टिच्यूटका शोधार्थी कैरथिन जिम्मरमेनले सांसद्हरुलाई बताएका थिए कि अल जवाहिरीद्वारा नयाँ शाखा सुरु गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा आतंककारी संगठन सक्रिय बनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ