arrow

जापानमा भेटिए दुई चीनियाँ मृत अवस्थामा

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
china-news-@.jpg.jpeg

बेइजिङ। जापानको राजधानी टोकियो नजिकै हराइरहेका दुई जना चिनियाँ नागरिक मृत अवस्थामा भेटिएका छन्। जापानको प्रहरीले उनीहरू टोकियो नजिकै मृत अवस्थामा भेटिएको पुष्टी गरेको चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुअङले शुक्रबार जानकारी दिए।

दुवै जनाको शव टोकियो नजिकैको पहाडी जङ्गलमा बाकसभित्र राखेर फालेको अवस्थामा भेटिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। जापानमा रहेको चिनियाँ दूतावासले दुई जना चिनियाँ महिला जापानको योकोहामाबाट जुलाई ६ तारिखदेखि हराइरहेको मङ्गलबार जनाइएको पनि प्रवक्ता गेङले बताए।

त्यसपछि चिनियाँ दूतावासले जापानको प्रहरीलाई भेटेर आपतकालीन खोजी तथा उद्धार संयन्त्र निर्माण गरी पूर्ण गतिमा उनीहरूको खोजी गरिदिन आग्रह गरेको थियो। सोही आग्रह अनुसार नै प्रहरीले खोजी गर्दा शुक्रबार उनीहरूको शव भेटिएको प्रवक्ताको भनाई छ।

उनले मृतकका परिवारजन र आफन्तहरूप्रति सहानुभूति पनि व्यक्त गरे। जापानमा रहेको चिनियाँ दूतावासले दोषी पक्राउ गरी कारबाही गराउन नजिकबाट लागिरहेको उनले जानकारी दिए। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ