यिनै हुन २५ हजार दिएर एक भोट किन्न खोज्ने एमाले नेता
प्रेम सुनार।
प्रकाशित २०७४ असार ३१ शनिबार
927
Shares
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एमालेका एक स्थानीय नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाणसहित पर्दाफास भएको छ ।
नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ मा विजयी वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगद सहित सार्वजनिक गरिएको हो ।
एमाले गुल्मिका जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले रेसुङ्गा नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि रु. २५,०००।- तत्काल र चुनाव जितेपछि १,००,०००।- दिने शर्तमा भोट किन्न खोजेका थिए ।
उक्त कुराकानीको अडियो रेकर्डमा भनिएको छ–‘अहिले २५ हजार लिन आउनुस्, कार्यपालिका जितियो भने एक लाख अरु दिइने छ , पैसाको पिरै नगर्नुस् ।’
कांग्रेस कार्यकर्ता नेपालीले आफू इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन् भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजनिक गरेको बताए ।
यसअघी स्थानिय निर्वाचनमा पनि एमालेले पैसा दिएर मत किनेको आरोप यो घटनाले थप पुष्टी गरेको गुल्मी काँग्रेसले जनाएको छ।