११ जना एआईजीमा बढुवा, नवराज सिलवाल परेनन् सूचीमा (सूचीसहित)
प्रकाशित २०७४ असार ३१ शनिबार
817
Shares
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी अधिकारीलाई एआईजीमा बढुवा गरेको छ । शुक्रबार बसेको गृहमन्त्रालय अन्तर्गत्को बढुवा समितिको बैठकले यस्तो निर्णय गरेको प्रहरी महानिरीक्षक प्रकाश अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ११ जनाको सूचीमा प्रहरी महानिरीक्षक बढुवा प्रक्रिया मुद्दा दायर गरेका डिआईजी नवराज सिलवालको भने नाम उल्लेख छैन । उनको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकोले उनलाई बढुवा सूचीमा नराखिएको हुनसक्ने गृहमन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
यसरी बढुवा भएका सबै प्रहरी अधिकारीहरुलाई प्रहरीको विभिन्न महाशाखा तथा क्षेत्रीय कार्यालयहरुमा जिम्मेवारी दिईएको छ । बढुवा समितिको पहिलो नम्बरमा बमबहादुर भण्डारी परेका छन् उनले कूल ८० दशमलव ५१ अंक ल्याएका छन् भने अन्तिम नम्बरमा परेका विजय कुमार भट्टले ७० दशमलव ०७ अंक ल्याएका छन् । भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी दिईएको छ भने प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।