कास्की । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ को मजुवा स्थित डुडेआहालमा ढुङगा वलुवा निकालेर जमेको पानीको रहमा पौडी खेल्ने क्रममा उज्जल गुरुङ्गको डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं २, कोत्रे निवासी लेखवहादुर गुरुङको छोरा वर्ष १४ का उज्जल गुरुङ्गको मध्यान्नको समयमा साथीहरुसगै पौडी खेल्दा डुवेर मृत्यु भएको हो ।
कालिका प्रहरी शसस्त्र गण पोखरावाट उद्धारको लागि खटिएको शसस्त्र प्रहरीका शसत्र प्रहरी निरिक्षक सुमन चालिसेको टोलीले रहमा डुवेका गुरुङ्गको लासलाई हिलोवाट निकालेको हो। घटनामा स्थानीय वासी इलाका प्रहरी कार्यालय डाडाको नाक र वडा प्रहरी कार्यालय पावरहाउसको प्रहरी नयाव निरिक्षक नरेन्द्रजंग कार्कीको टोलीले उद्धार गरेको थियो । उनलाई पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लागिएको छ ।