arrow

साउने संक्रान्ति मनाइँदै, अगुल्टो फाले लुतो ठीक हुने 

logo
प्रकाशित २०७४ साउन १ आइतबार
saune-sakrianti.jpeg

काठमाडौँ । हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति साउने संक्रान्तिका रुपमा मनाइँदैछ । 

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । 

माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ । 

“साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ” – नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने । 

साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ