arrow

टर्कीमा 'कू' भएको एक बर्ष पुरा

logo
प्रकाशित २०७४ साउन १ आइतबार
tarki.jpg

इस्तानबुल   । टर्कीमा सत्तासिन राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ’कू’ भएको एक वर्ष पुगेको दिन शनिबार इस्तानबुल र अंकारामा बृहत् र्यालीहरुको आयोजना गरिएको छ । 

सन् २०१६ जुलाई १५ रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासमा सरकारी भवनहरुमा बमबारी गर्नुका साथै मानिसहरुमाथि गोली हानी सत्ता परिवर्तनको प्रयास गरेपछि २६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब २,२०० जना घाइते भएका थिए । 

टर्की सरकारले सत्ताका लागि भएको उक्त दुखद् आक्रमणमा मारिएका ज्ञात अज्ञात सवै नागरिकको सम्झनामा बिहीबार सार्वजनिक विदा दिएको छ । रुष्ट सैनिकहरुसँग सर्वसाधारण जुधेका इस्तानबुलस्थित एउटा पुलमा आयोजना गरिने र्यालीलाई पनि एर्दोगानले सम्बोधन गर्नेछन् । उनका समर्थकहरुले सत्ता हत्याउने प्रयास विफल हुनुलाई टर्कीको पुनर्जन्मको रुपमा व्याख्या गर्ने गरेका छन् भने विरोधीहरुले ५०, ००० जनालाई गिरफ्तार र डेढ लाख जनालाई बर्खास्त वा निलम्बन गरिएको विषयलाई उठाउदै सरकारले प्रतिपक्षलाई सिद्धाउन उद्दत रहेको दावी गर्दै आएका छन् । 

टर्कीको सरकारले अमेरिकामा स्वघोसित निर्वासनमा रहेका इश्लाम धर्म गुरु फेतुल्लाह गुलेनका समर्थकहरु सत्तापलटमा संलग्न भएको आरोप लगाउँदै आएको छ । 
तर गुलेनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका  छन् । सरकारले गुलेनलाई सुपुर्दगी गर्न गरेको माग वाशिङटनले अस्वीकार गर्दै आएको छ । एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ