arrow

मारावी द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ५ सय ३७

logo
प्रकाशित २०७४ साउन १ आइतबार
Earthquake-Death-in-Nuwakot.jpg.jpeg

फिलिपिन्स ।  फिलिपिन्सको दक्षिणी शहर मारावीमा जारी द्वन्द्वका कारण स्थानीय समय अनुसार शुक्रबार साँझ सात बजेसम्म मृत्यु हुनेको सङख्या ९३ प्रहरी र सैनिकसहित ५३७ जना पुगेको फिलिपिन्सको सेनाले शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । 

उक्त युद्धमा ३९९ इश्लिामिक लडाकू र ४५ जना सर्वसाधारण नागरिकको मृत्यु भएको फिलिपिन्सको सशस्त्र सुरक्षाबलका प्रवक्ता रेस्टिटुटो पादिलाले बताउनु भयो । मारावी र वरपरको विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाही जारी रहेकाले मृतक सङ्ख्यामा थप बृद्धि हुनसक्ने उहाँको अनुमान छ । 

यहाँको इश्लिामिक समूहको नियन्त्रणमा रहेको एकमात्र शहर मारावीमा गत मे २३ गते इश्लामिक स्टेट (आइएस) समूहले एउटा अस्पताल, विद्यालय, र सरकारी कार्यालय भएका केही भवन नियन्त्रणमा लिने असफल प्रयास गरेपछि यहाँ तनाव सिर्जना भएको थियो । उक्त क्षेत्रलाई पिपलिपिनी आइएस समूह तथा अन्य इश्लामिक आतङ्वादी समूहको सुरक्षित आधार क्षेत्र बनाउने लक्ष्यका साथ आक्रमण गरेपछि शहरमा विद्रोहीको प्रभाव स्थापित गर्न नदिन सरकारले सुरक्षा कारबाही शुरु गरेको थियो । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ