arrow

चीनको आवासीय भवनमा आगलागी,२२ जनाको मृत्यु

logo
प्रकाशित २०७४ साउन १ आइतबार
aglagi.jpeg

म्यानजिङ। चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । 

उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् । 

यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि कतिपयको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ ।आगलागीका समयमा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन । यस वषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ । 

अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार दुई तलाको मात्र सो घरमा भएको आगलागीको छोटो समयमै कसरी त्यति धेरै नागरिकको ज्यान गएको हो भन्ने बारेमा खोजी सुरु गरिएको हो । रसिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ