काठमाडौं। सांसद मीरा ध्वजुले बूढानीलकण्ठ र टोखा नगरपालिकामा सौर्य बत्ती वितरण गरेकी छन् ।
बूढानीलकण्ठ ५ मा छ र टोखा ६ मा १० सौर्य बत्ती वितरण गरेको उनले जानकारी दिइन् । उनले ती वडामा सडक बत्ती नभएकाले सौर्य बत्ती वितरण गरिएको बताएकी छन्। सांसद विकास कोषबाट प्राप्त रकमबाट रु छ लाख बराबरको सौर्य बत्ती वितरण गरिएको हो ।
सांसद ध्वजुले ती नगरपालिकाका ३५ विद्यालयका शिक्षकलाई मधुमेह र उच्चरक्तचापबारे सचेतना कार्यक्रम समेत संचालन गरेकी छन् । समाजमा मधुमेह र उच्चरक्तचापका बिरामी बढेकाले अभिभावकलाई जनचेतना जगाउनका लागि शिक्षकलाई सचेतना तालिम दिइएको उनले जानकारी गराईन् ।
यसैबीच बुढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले कपन, मिलनचोकस्थित बालउद्धार माविलाई १५ थान कम्प्युटर नगरपालिकाको सहयोगमा वितरण गरे । रासस