arrow

सांसद ध्वजु द्वारा सौर्य बत्ती र कम्प्युटर वितरण

logo
प्रकाशित २०७४ साउन १ आइतबार
budhanilakantha.png

काठमाडौं। सांसद मीरा ध्वजुले बूढानीलकण्ठ र टोखा नगरपालिकामा सौर्य बत्ती वितरण गरेकी छन् । 


बूढानीलकण्ठ ५ मा छ र टोखा  ६ मा १० सौर्य बत्ती वितरण गरेको  उनले जानकारी दिइन् । उनले ती वडामा सडक बत्ती नभएकाले सौर्य बत्ती वितरण गरिएको बताएकी छन्। सांसद विकास कोषबाट प्राप्त रकमबाट रु छ लाख बराबरको सौर्य बत्ती वितरण गरिएको हो । 

सांसद ध्वजुले ती नगरपालिकाका ३५ विद्यालयका शिक्षकलाई मधुमेह र उच्चरक्तचापबारे सचेतना कार्यक्रम समेत संचालन गरेकी छन् । समाजमा मधुमेह र उच्चरक्तचापका बिरामी बढेकाले अभिभावकलाई जनचेतना जगाउनका लागि शिक्षकलाई सचेतना तालिम दिइएको उनले जानकारी गराईन् । 

यसैबीच बुढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले कपन, मिलनचोकस्थित बालउद्धार माविलाई १५ थान कम्प्युटर नगरपालिकाको सहयोगमा वितरण गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ