arrow

फुटबल दर्शकबीच झडप, पर्खाल भत्किँदा आठको  मृत्यु

logo
प्रकाशित २०७४ साउन १ आइतबार
Death-body-nepali-simbol.jpg.jpeg

डाकार (सेनेगल)। सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । 

शनिबार साँझपख भएको सो फाइनल खेलमा दुई पक्षका समर्थकबीच नै विवाद उत्पन्न भएको थियो । निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहदा ती दुई पक्षका उनीहरुका पक्षधरको झडप भएको थियो । प्रहरीले झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । 

समर्थकबीचको झडपपछि प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किन पुगेको थियो । भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीररुपमा घाइते भएका छन् । 

भर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पुर्याउन सकेका थिए । उपचाररत ४९ मध्ये अधिकांशको अवस्था निकै गम्भीर रहेको छ । फुटबल खेल भईरहेका बेला हुने यस्ता घटना अफ्रिकामा दुर्लभ होईनन् । दुई महिना अघि मात्र पनि एङ्गोलामा खेल भइरहेका बेला भएको दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ