arrow

काश्मिर सडक दुर्घटनामा सोह्र तीर्थयात्रीको मृत्यु, सत्ताइस घाइते

logo
प्रकाशित २०७४ साउन १ आइतबार
amarnath-accident-PTI.jpg

श्रीनगर (भारत प्रशासित काश्मिर)। भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर एक खोल्सामा खस्दा कम्तिमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतीय समाचार संस्था पीटीआईले भने मृतक सङ्ख्या ११ भएको र घटनामा ३० देखि ३५ जना घाइते भएका जनाएको छ।

श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र प्रहरीको सहयोगमा अस्पताल पुर्‍याइएको छ। मृतकका पहिचान भने भइसकेको छैन।

“तीर्थयात्री रहेको बस सडकबाट चिप्लिएर श्रीनगर–जम्मु राजमार्गको नसरानास्थित खोल्सामा खसेको,” श्रीनगरका प्रहरी प्रवक्ताले जनाएका छन्। घटनास्थलमा १६ जनाको मृत्य भएको छ भने १९ जनालाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइएका, उहाँले बताए। आठ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका केही जनालाई विमानमार्फत जम्मुस्थित अस्पतालमा लगिएको छ।

हिन्दु तीर्थधाम अमरनाथमा हरेक बर्षको वर्षायाममा खुल्ने पूजाका लागि यही जुन २९ गतेदेखि यात्राका लागि खुला गरिएपछि भएको यो यस क्षेत्रको सवैधन्दा ठूलो सडक दुर्घटना हो।

यसबर्ष मात्रै एक लाखभन्दा बढी तीर्थालुले अमरनाथको भक्तिपूर्वक दर्शन गरिसकेका छन्। उच्च हिमालयको काखमा रहेको गुफामा भगवान् शिवको आराधना गर्न हरेक बर्ष भारतका विभिन्न राज्य, नेपाल लगायतका देशबाट ठूलो सङख्यामा उपस्थिति रहने गर्छ।

भारतमा कमजोर सडक संरचना, भौगोलिक विकटता, क्षमता भन्दा बढीभार तथा चालकको लापर्बाही लगायतका कारण बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउने गरेका छन्। रासस-सिन्ह्वा-पीटीआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ