arrow

दक्षिण सुडानमा मलेरियाको माहामारी, दुई हजार व्यक्तिको मृत्यु

logo
प्रकाशित २०७४ साउन २ सोमबार
south-sudan-malaria.jpg

जुवा (दक्षिण सुडान)। विश्वको सवैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए)ले जनाएको छ।

शनिबार एक प्रतिवेदन जारी गर्दै ओसिएचएले “मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएका,” जानकारी गराएको छ। प्रतिवेदनमा यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा मलेरियाको नमूना भेटिएको जनाइएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको महामारी बर्षा ऋतुसँगै थप भयावह हुने ओसिएचएले सचेत गराएको छ।

सन् २०१७ मा दक्षिण सुडानमा देखिएका सम्पूर्ण रोगका कारण मृत्यु हुनेको सङ्ख्या र मलेरियाको कारण मृत्यु हुनेको सङ्ख्याको तुलना गर्दा मलेरियाका कारण मृत्यु हुनेको सङ्ख्या ७६.९ प्रतिशत रहेको राष्ट्रसङ्घले जनाएको छ।

राज्यको अवैलदेखि उत्तरी क्षेत्र, गाग्रियलदेखि पश्चिमी क्षेत्र, जुवा, माबान, टोरिट र वाउ क्षेत्र मलेरियाका कारण सवैभन्दा बढी प्रभावित क्षेत्र भएको पनि राष्ट्रसङ्को तथ्याङ्क छ।

अचल पानीमा लामखुट्टेले फुलपार्ने भएकाले मध्य बर्षको बर्षायाममा लामखुट्टे बढी लाग्ने र गरिबीबाट पीडित सुडानी जनतामा यसको भयावह असर देखिने भन्दै यसमा सचेतना अपनाउन सम्वन्धित सवैमा राष्ट्रसङ्घले आग्रह गरेको हो।

मलेरियाको महामारीपछि दक्षिण सुडानमा रोकथामका लागि स्वास्थ्य संगठनले झुल, औषधि, तथा लामखुट्टे मार्ने विषादीको प्रयोग गर्दै नियन्त्रण प्रयास भने अभियानका रूपमा जारी राखेका जनाइएको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ