arrow

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु

logo
प्रकाशित २०७४ साउन २ सोमबार
Presidential-election-2017-india.jpg

नयाँ दिल्ली। भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ। सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन्। यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार छन्। त्यस्तै भारतीय विपक्षी दल काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार छिन् ।

भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ।

संसदमा अहिले पनि मतदान जारी रहेको बताइएको छ। सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए।

यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएका नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ