arrow

आफैंलाई बन्द गराउन खोज्ने विरुद्ध कसरी प्रस्तुत भईरहेको छ अलजजिरा ?

logo
प्रकाशित २०७४ साउन २ सोमबार
aj-logo-lg.png

काठमाडौं । अहिले कतारमा संकट चुलिएको छ । आतंकवादलार्इ समर्थन गरेको आरोपमा कतारमाथि युएई लगायतका मुलुकहरुले अहिले नाकाबन्दी पनि लगाईरहेका छन् । नाकाबन्दी खोल्नको लागि उनीहरुले विभिन्न बुँदामा कतारलार्इ शर्तहरुपनि राखिरहेका छन् । ती शर्तहरुको पहिलो नम्बरमा कतारको सरकारी सञ्चारसंस्था अल जजिरा बन्द गराउनु पर्ने माग उनीहरुले अगाडि सारेका छन् । 

यस्तो अवस्थामा विश्व चर्चित अल जजिराले कस्तो समाचारहरु प्रस्तुत गरिरहेको छ ? के अलजजिराले आफूलाई बन्द गराउन खोज्ने युएई लगायतका मुलुकहरुमाथि प्रतिशोधको भावना राखेको छ त ? यो चासो धेरैलाई लाग्न सक्छ । विश्व चर्चित यो सञ्चार माध्यम अहिलेको संकटबाट विचलित भएर पत्रकारिताको धर्म त छाडेको छैन ? यो चासो धेरैलार्इ हुन सक्छ । 

तर, अल जजिराले आफ्नो इमान्दारिता र पत्रकारिताको धर्मलाई जोगाईराखेको देखिन्छ । विश्वको ध्यान गएको कतार संकटको बारेमा आफैं शिकार बनेको अलजजिराले समाचारलाई प्राथमिकता दिनु त नौलो कुरा होईन । तर, अल जजिराको समाचारमा त्यस्तो प्रतिशोधको भावना भने देखिँदैन । 

कतार र खाडीबीचको संकट पछिल्लो ताजा अवस्था शीर्षकमा उसले दुईपक्षीय संकटसँग सरोकार राख्ने सबै समाचारहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेको छ । साउदी अरेबीया लगायतका देशहरुले नाकाबन्दी लगाएको वा संकट चुलिएको जुन ५ देखि आजको अहिलेसम्मको सबै घटनाक्रमहरुलाई एकीकृत रुपमा उल्लेख गरेको छ । त्यो घटनाक्रम बुँदागत रुपमा घटनाहरुमा मात्रै केन्द्रीत रहेको छ । अन्य समाचारहरुमा पनि खासै प्रतिशोधको छायाँ देखिँदैन । 

यसरी अल जजिराले आफ्ना ग्राहक तथा पाठकहरुलाई विचलित बनाएको देखिँदैन । सीमित समाचारहरु यो संकटको विषयमा समेटिएपनि अन्य समाचारहरु विश्व घटनाक्रममा केन्द्रीत रहेर समाचारहरु प्रस्तुत गरिरहेको छ । 

Image may contain: text

Image may contain: text

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ