आइएसमा संलग्नलाई फिर्ता गर्न इन्डोनेसियाद्वारा अस्वीकार
प्रकाशित २०७४ साउन ३ मंगलबार
482
Shares
जाकार्ता। इन्डोनेसियाको सरकारले सिरियामा इस्लामिक स्टेट (आइएस)को गतिविधिमा संलग्न भएका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन अस्वीकार गरेको छ।
सिरियामा आफ्ना नागरिक आईएसको गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेपछि इन्डोनेसियाका रक्षा मन्त्री र्यामिजार्ड र्याकुडुले सोमबार विज्ञप्ति निकालेर स्वदेश फिर्ता नगर्ने स्पष्ट पारेका छन्।
पक्राउ गरिएका नागरिकलाई सिरियामै राख्न उनले जोड दिएका छन्। “तिनीहरूलाई घर नफर्काउनू, त्यही राख्नू, नमर्दा सम्म त्यहीँ लड्छन्,” उनले वक्तव्यमा भने। रासस-सिन्ह्वा