arrow

अफगान द्वन्द्वमा विद्रोहीको आक्रमणमा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसङ्घ

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
UN.jpg

काबुल (अफगानिस्तान) । सन् २०१७ को पहिलो छ महिनामा अफगानिस्तानमा जारी द्वन्द्वका कारण एक हजार ६६२ जनाको ज्यान गएको र यो अहिलेसम्मकै उच्च भएको संयुक्त राष्ट्रसङ्घद्वारा सोमबार जारी प्रतिवेदनमा जनाइएको छ । 

अधिकांश घटनामा विद्रोही आत्मघाती विष्फोट, केही ठाउँमा सरकार र विद्रोहीबीच भएका झडप, र केही क्षेत्रमा अन्य कारण उनीहरूको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानव अधिकार मामिला हेर्ने निकायका प्रमुख जैयद राद अल हुसैनले बताए । उनले भने, “ यस बर्षको जनवरीदेखि जुन महिनासम्म द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ‘डरलाग्दो’ अर्थात् एक हजार ६६२ पुगेको छ ।” अधिकांश घटनामा विद्रोहीले गरेका विष्फोट कारक रहेका छन।

अफगानिस्तानमा मानव अधिकारको चरम उल्लङ्घनका घटना बढेको पाइएको छ । प्रतिवेदनमा काबुलमा मे २३ गते भएको ट्रक विस्फोट तालिवान समूहले गराएको र यो अमेरिकी नेतृत्वमा तालिवान समूहमाथि कारबाही चलाइपछिकै सवैभन्दा हृदयविधारक घटना भएको प्रतिवेदनमा उल्लेख छ । 

यस बर्ष एक हजार १४१ जना सर्वसाधारण तालिवान समूहको आक्रमणमा परेको र यो तथ्याङ्क गतबर्षको सोही समयको तुलनामा १२ प्रतिशत बढी रहेका हुसैनले बताए । अफगानी रक्षामन्त्रीले विद्रोहीले सर्वसाधारणलाई मानव ढाल बनाएका कारण पनि धेरै सर्वसाधारणको मृत्यु भएको जनाएको छ । 

तर तालिवानी विद्रोहीले भने उक्त प्रतिवेदनलाई पुर्वाहपूर्ण भएको र यसले सरकारद्वारा विद्रोही प्रभावित क्षेत्रमा गरेको आक्रमणमा मारिएको सर्वसाधारणको तथ्याङ्क नदेखाएको दावी गरेको छ । 
तर विद्रोहीले आफ्नो भनाईलाई पुष्टि गर्न सरकारद्वारा मारिएका भनिएका सर्वसाधारणको तथ्याङ्क भने दिएका छैनन् । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ