arrow

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
pahiro.jpg.jpeg

टोकियो । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ । 

गत जुलाई पाँचमा भिषण र अविरण बर्षापछि आएको बाढी पहिरोमा परी अरु सात जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् । 

सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो । 

बाढी पहिरो प्रभावित क्षेत्रमा हराईरहेकाहरुको खोजी गर्न बगेर आएको माटो हटाउन र भत्किएका घरहरुको काठ निकाल्न सोमबार पनि २७ हजार जना जापानको प्रतिरक्षा बल (एसडीएफ) र अग्नि नियन्त्रक खटिएका छन् । 

त्यसैगरी झण्डै नौ हजार जना स्वयमसेवकहरु पनि बाढी पहिरोले क्षति पुर्याएको ठाँउमा सहयोगका लागि क्रियाशिल रहेको अधिकारीहरुले जनाएका छन् । 

प्रकोप प्रभावित क्षेत्रमा सोमबार उच्च तापक्रम महशुस गरिएको छ । स्थानीय असाकुरा र हिटा भन्ने दुई ठाँउ निकै गर्मी हुने ठाँउ मानिन्छन् । ती दुई ठाँउमा सोमबार क्रमशः ३४.८ र ३६.२ डिग्री सेल्सीयस ताप मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।सिन्ह्वा 



नयाँ