सुदूरपश्चिमको व्यथाः सर्वसाधारण सूचना पाउनबाट वञ्चित
प्रकाशित २०७४ साउन ४ बुधबार
359
Shares
कञ्चनपुर । सर्वसाधारण जनताले सूचनाको अधिकारबाट वञ्चित हुनु परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजना गरेको सूचना हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमका अधिकांश सहभागीले सरकारी सूचना प्रणली व्यवस्थित हुन नसकेको गुनासो गरेका छन् । पत्रकारहरुले सहज रुपमा सूचना उपलब्ध गराउनुपर्ने तथा सूचना आदान प्रदान गर्न सरकारी कार्यालय र पत्रकार जिम्मेबार बन्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी उदयप्रकाश जोशीले सूचनाको हक तथा सोसँग सम्बिन्धित ऐनको बारेमा चर्चा गर्दै प्रशासन कार्यालयबाट गत बर्ष भएका कार्यक्रम बारे जानकारी गराएका थिए ।
प्रमुख जिल्ला मनोहरप्रसाद खनालले सूचना हक सूनिश्चिताका लागि आगामी दिनका सरकारी कार्यालयका प्रमुख संगको समन्वयमा अघि बढ्ने बताए ।
सूचनाको सहज उपलब्धताका लागि आफूले मातहतका निकायमा पत्राचार गर्ने समेत प्रमुख जिल्ला खनालले बताए । सूचना हक सम्बन्धी जिल्लाका पत्रकारसंग छलफल गरेको हो ।