arrow

भारतीय सेना फिर्ता गरः चीन

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
india_sikkim_china.jpg

बेइजिङ (चीन) । चिनियाँ भूभागमा सैनिक राखेको दावी गर्दै मङ्गलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले भारतद्वारा चिनियाँ भूभागमा राखेका सैनिकलाई फिर्ता लानुपर्ने बताएका छन् । 

भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उनको दावी थियो । 

भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तरराष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा भने ।  चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उनको भनाई थियो । 

लुले थपे, “घटनाको उद्देश्य प्रष्ट छ । भारतीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।” 

भारतलाई अवस्थालाई सहीरूपमा बुझ्न र सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गरेका छन् ।  सिन्ह्वा 
 



नयाँ