arrow

गृहमन्त्रीको निर्देशन : बढुवाको सिफारिसमा परेका डीएसपी दास निलम्बन

सुन्तली घटनाका अभियुक्तलाई भगाएको फल

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
Sanjeev-Sharma.jpg

काठमाडौं । बढुवाको सिफारिसमा परेका प्रहरी नायव उपरीक्षक डिएसपी सन्जिव शर्मा दास पदबाट निलम्बित भएका छन् । वुधबार प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताएका छन् । गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको हो ।

पाँच वर्षअघि रामेछाप साविकको सैपू गाविस –१ सिरीसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या गरेको घटनाक्रमका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मा छानविनको लागि यसअघि नै मुख्यालय तानिएका थिए ।

प्रहरी मुखयालयले केही दिन अघि डीएसपीहरु मध्यबाट एसपीको बढुवाका लागि सिफारिस गरेको सूचीमा दास पनि गरेका थिए । यद्यपि, गृहमन्त्री शर्माले उनको बढुवा रोक्न र निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको बताइको छ ।

मध्य क्षेत्रीय प्रहरी कार्यालयले दाससहित अभियुक्तलाई भगाउन सहयोग गर्ने अन्य प्रहरीलाई समेत कारबाहीको लागि मुख्यालयलाई प्रतिवेदन नै बुझाइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ