arrow

धादिङमा बस दूर्घटनामा, २ को ज्यान गयो

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
benighat_rorang.png

काठमाडौं । गए राती धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने विशालटारमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंदेखि काँकरभिट्टा जाँदै गरेको ना ५ ख २२९३ नम्वरको यात्रुबाहक बस धादिङ बेनीघाट रोराङ गाउँपालिका ५ मा दूर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हनेमा बसका चालक झापा जिल्ला शिवसतासी ६ का ५१ वर्षीय कमल ढुंगाना र सोही ठाउँका सहचालक २१ वर्षीय नवराज शिवाकोटी रहेका छन् ।

बस अनियन्त्रित भर्इ सडकबाट करिब १५ मिटर तल झरेको प्रहरीको भनाई छ। दूर्घटनामा परी ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ