पुलचोकको परीक्षामा पास गराइदिने भनी पैसा असुल्ने पक्राउ
प्रकाशित २०७४ साउन ५ बिहिबार
489
Shares
काठमाडौं । पुलचोक स्थित इन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परीक्षामा उत्तीर्ण गरार्इदिने भन्दै पैशा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ रङ्गेली घर भइ हाल ललितपुर पुल्चोक बस्दै आएका देव शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शर्मालाई साउन ३ गते कलेज नजिकैबाट प्रहरीले पक्राउ गरेको हो। शर्माले इन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परीक्षामा पास गराई दिने भन्दै प्रति बिद्यार्थी ३ लाखसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।