भारतको चौधौं राष्ट्रपतिमा ६५.६५ प्रतिशत मतसहित कोविन्द निर्वाचित
प्रकाशित २०७४ साउन ५ बिहिबार
352
Shares
काठमाडौं । भारतको चौधौं राष्ट्रपतिमा नेसनल डेमोक्याटिक एलाईन्सका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामनाथ कोविन्द निर्वाचित भएका छन् । विहारका पूर्व गभर्नर समेत रहेका कोविन्दले बिहीबार अपराह्न सम्पन्न मतगणनामा विपक्षी मीरा कुमारलाई भारी मतले पराजीत गर्दै राष्ट्रपति विजयी भएका हुन् ।
यससँगै उनी भारतको दोस्रो दलित राष्ट्रपति बनेका छन् । यस भन्दा अघि के आर नारायण भारतको पहिलो दलित राष्ट्रपति बनिसकेका छन् । कूल ४८ सय ९६ मतदाता रहकोमा उनले जम्मा ६५.६५ प्रतिशत ल्याएका थिए ।