arrow

दुई फरार अभियुक्त प्रहरी फन्दामा

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
hatkadi-new-ss.jpeg

मेलम्ची । बहुविवाह र कर्तव्य ज्यान मुद्दा दर्ता भई प्रहरीको खोजीमा रहेका  फरार दुई अभियुक्तलाई प्रहरीले  सुक्रवार पक्राउ गरेको छ । 

 सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० शिखरपुर स्थायी घर भएका २९ वर्षीय इन्द्रबहादुर रावल २०६९ असोज २० गते बहुविवाह गरी फरार भएका थिए । फरार अभियुक्तलाई  इलाका प्रहरी कार्यालय, मेलम्चीले  पक्राउ गरेको मेलम्चीका प्रहरी निरीक्षक नवराज जानकारी दिए। रावललाई जिल्ला अदातल सिन्धुपाल्चोकले ०६९ चैत २० गते बहुविवाह गरेको अभियोगमा दुई वर्ष कैद र १६ हजार जरिवानाको फैसला सुनाएको थियो। 

विसं २०७१ पुस १५ गते मेलम्ची नगरपालिका ९ ज्यामिरेका फुर्पा तामाङलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई  फरार भएका ज्यामिरे ९ मेलम्ची घर भएका २१ बर्षीय किशोर तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ। तामाङलाई घरमै लुकी छिपी गरेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीको जनाएको छ। 

पक्राउ परेका दुईमध्ये बहुविबाहको मुद्धा जिल्ला अदालतबाट फैसला भएकाले बहुबिबाह मुद्धाका अभियुक्त रावललाई जिल्ला अदालत बुझाइने र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएका तामाङलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने  प्रहरी निरीक्षक ढुंगानाले जानकारी दीएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ