arrow

 दक्षिण कोरियाको प्रस्ताव उत्तरद्वारा  बेवास्ता

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
south_north_koria.jpg

सोल । सैन्य वार्ताकालागी  राखेको प्रस्तावको जवाफ दिन उत्तर कोरीयाले दक्षिण कोरीया सँग शुक्रवार पुन आग्रह गरेको छ। 

गत हप्ता दक्षिण कोरीयाले राखेको सैन्य बार्ताको प्रस्तापको उत्तर कोरीयाले कुनै जवाफ नदिए पछी पुन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् 

सोलमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भने  कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ । उत्तर कोरियाले आफ्नो प्रस्तावको बारेमा बिचार गरेर जवाफ पठाओस भन्ने हाम्रो आग्रह हो र जसले गर्दा अहिलेको अवस्थामा शान्तिवार्ता अत्यावश्यक रहेको कुरा पनि पुष्टि गर्नेछ उनको भनाई थियो।

प्रवक्ता च्युनले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा शुक्रबानै वार्ता गर्नेगरी दक्षिण कोरियाले प्रस्ताव राखेको जानकारी पनि सो अवसरमा दिए । उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि पनि सोही बैठकमा छलफल गर्न र उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलाका बारेमा पनि छलफल गर्न वार्ताको प्रस्ताव गरिएको उनको भनाई थियो । 

उत्तर र दक्षिण कोरियाका परिवारका कोरियाली युद्धताका छुट्टिन पुगेका परिवारका सदस्यहरुको पुनर्मिलनका लागि  उत्तर कोरीया सँग रेडक्रसले प्रस्ताव गरेको थियो ।  रेडक्रसको पहल पछी दक्षिण कोरीयाले वार्ताको लागी प्रस्ताव गरेको थियो।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समयमा पुनर्मिलन गराउन यो प्रस्ताव  दक्षिणकोरीयाले प्रस्ताव गरेको हो। पछिल्लो समयमा कोरीयाली प्रयोद्वीपमा जारी तनाव कमगर्न यस अगीनै  वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलले जानकारी दिएका छन्

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच आपसी औपचारिक वार्ता भएको छैन । त्यसैगरी यी दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन पनि त्यसयता भएको छैन । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ