झलनाथले काँग्रेसलाई भने - 'गुट-उपगुटको राजनिति नर्गनु, एमाले पहिलोनै हुन्छ'
नारायण रिजाल,
प्रकाशित २०७४ साउन ७ शनिबार
173
Shares
बागलुङ । नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनपछि मुलुकको नेतृत्व एमालेको काँधमा आएको उल्लेख गर्दै दुई नम्बर प्रदेशमा हुने निर्वाचनमा समेत एमाले पहिलो हुने दावि गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अबसरमा नेकपा एमाले बागलुङले आयोजना गरेका विचार गोष्ठीमा बोल्दै नेता खनालले सो कुरा बताएका हुन ।
मुलुकमा एमाले राष्ट्रियताको पक्षमा रहेको कारण नयाँ संविधान कार्यान्वयनको आधारभुत चरणमा रहेको कारण पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेमाथि जनताले देखाएको भरोसालाई पुरा गर्न जनप्रतिनिधिले जिम्मेवार भएर आफ्नो भुमिका निर्वाह गर्न आग्रह गरे ।
नेकपा एमालेका पुर्व अध्यक्ष समेत रहेका नेता खनालले मुलुकमा अवको निकास पनि एमालेले नै दिने बताए । उनले निर्वाचन अगाडी संविधान संसोधन हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनको चरणमा मुलुक अगाडी बढीरहेको सन्दर्भमा तत्काल संविधान संसोधन गर्न नहुने मा जिकिर गरे ।
नयाँ संविधान पूर्ण नरहेको बताउँदै उनले स्थानीय, प्रदेश र राष्ट्रिय गरि तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आबश्यकता अनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे ।‘‘संविधान संसोधन हुनु हुँदैन भन्ने हाम्रो मान्यता होईन, औचित्य र आवश्यकताको आधारमा संसोधन हुन्छ, संविधानमा धेरै कुरा थपघट गर्नुपर्छ ।
नेता खनालले कम्युनिष्ट पार्टीलाई गुठबन्धिबाट जोगाउनुपर्छ भन्ने स्वर्गीय नेता पुष्पलालको भनाई स्मरण गर्दै गुठबन्दिलाई भत्काएर पार्टीलाई थप बलियो बनाउन आबश्यक रहेको बताए । नेकपा माओबादीको उदय सँगै मुलक १० वर्ष पछाडि धकेलीएको आरोप लगाउँदै अबको माओबादीको भविष्य नरहको र उनिहरु पनि एमाले मै आउने विश्वास गरे । बागलुङको कम्युनिष्ट आन्दोलनको प्रशंसा गदै नेता खनालले अबको दिनमा कम्युनिष्टको खम्बा बन्नेका लागि संगठनलाई सुदृढिकरण गर्नुका लागि आग्रह गरे ।
आम कार्यकर्तालाई काँग्रेसले जस्तो गुट उपगुटको राजनिति नर्गनु भन्दै यसको अन्यका लागि एमाले लाग्नका जोड दिनुपर्ने बताए ।
स्थानिय तहको निर्वाचनमा निर्वाचिच जनप्रतिनिधिलाई आर्थिक, सामाजिक रुपान्तरणको निम्ती पूर्वाधार निर्माण संगै गरिबी, बेरोजगारलाई उन्मुलन गर्ने योजना सहित सुखी नेपाली र समृद्ध राष्ट्र निर्माणमा जुटुनुपर्ने बताए । नेता खनालले भने स्वर्गीय पुष्पलालले अंगीकार गरेको नितीले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव रहेको छ नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान महत्वपूर्ण कदर गर्न जरुर रहेको छ ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङ, बैकल्पिक केन्द्रीय सदस्य मना के.सी. गोविन्द नेपाली लगायतले पुष्पलाल नेपाली कम्युनिष्ट पार्टिका एक अग्रज भएका कारण उहाँको योगदान कसैले भुल्न नहुने बताए ।