arrow

पुनर्वासमा  ट्राफिक नियम बिपरित सवारी साधन गुड्दै ,प्रहरीको निगरानी घट्यो, दुर्घटनाको सम्भावना बढ्दै 

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७४ साउन ८ आइतबार
trafic_roul_crass.jpg

पुनर्वास । कंचनपुरको पुनर्वासमा ट्राफिक प्रहरीले निगरानी प्रभावकारी बनाउन नसक्दा ट्राफिक नियम बिपरित सवारी गुडाउनेको संख्या बढ्दा दुर्घटनाको खतरा बढी रहेको छ ।

सवारी चालक बिना हेल्मेट र लाइसेन्स खुलेयाम इलाका प्रशासन कार्यलय अगाडी बाट हिड्ने गर्दछन तर प्रहरी भने मौन बसेका छन्। एक हजार रुपैयाँ जरिवाना हुने त हो नि त्यही पनि कुरा मिलिहाल्छ भन्दै नियम उलंघन गर्ने सवारी चालकलाई प्रहरीले बेवास्ता गर्दा पुनर्वासमा ९६ प्रतिशत युवाले बिना हेल्मेट र लाइसेन्स सवारी साधन चलाउने गर्दछन। 

पुनर्वासको आइबिआरडीमा बिगत ३,४ महिना देखी ट्राफिक प्रहरी हरुको उपस्थिति नहुदा सवारी चालकहरु बिना हेल्मेट तिब्र गतिरोधमा सवारी चलाउने हुँदा दुर्घटना हुने सम्भावना देखिन्छ। आखिर पुनर्वासका लागि खटिएका ट्राफिक प्रहरीहरु कहाँ कुन ठाँउमा डिउटी गर्दै छन् । कहाँ छ ट्राफिक निगरानी 

सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले लेन अनुशासन उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने, ‘हिट एन्ड रन’मा संलग्न, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्नेलगायतसँग न्यूनतम ५०० देखि १५ सय रुपैयाँसम्म असुल गर्ने अधिकार ट्राफिक प्रहरीलाई प्रदान गरेको छ।

सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने, हेल्मेट नलगाइ, सिट वेल्ट नबाँधी सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, सवारी दर्ता किताब, बाटो ईजाजत पत्र साथमा नराखी सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अव्यवस्थित ढंगले पार्किङ गर्ने जून नियम बिपरित छन् यी अनैतिक कार्यहरु रोकिए मात्रै दुर्घटना जोगिन्छ। 

अहिले लापरबाही तवरले पुनर्वासमा पनि ट्राफिक नियम उलंघन गर्ने को लाम लागेको छ उता ट्राफिक प्रहरीले नियन्त्रणमा नलिदा दुर्घटना बढ्ने सम्भावना देखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ