गाउँपालिकाको निर्णय : कार्यालयको काममा बाहेक सरकारी सुविधा प्रयोग गरे कारबाही
योजनामा जनप्रतिनिधि संलग्न हुनुपरे राजीनामा दिनैपर्ने
प्रकाशित २०७४ साउन ८ आइतबार
458
Shares
दैलेख । झण्डै २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुले जुनसुकै योजनामा संलग्न भएको भए तत्काल राजीनामा दिनुपर्ने नौमुले गाउँपालिकाको वैठकले निर्णय गरेको छ । विकास योजनाहरुमा जनप्रतिनिधिहरुले नै कामको अनुगमन र मुल्यांकन गर्नुपर्ने भएकोले जनप्रतिनिधिहरुको यस्तोमा संलन्गता हुनु नहुने नौमुले गाउँपालिका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।
नौमुले गाउँपालिका जिल्लाको नमुना गाउँपालिका वनाउन सवै जनप्रतिनिधिहरुले प्रतिज्ञा सहित गरेका छन । जनताको विश्वासलाई कहिले पनि कमि हुन नदिन जनताको माझमा बसेर जनताकोबीचबाट आएको योजनाहरुलाई नै प्राथमिकता दिएर काम अगाडि वढाउन लाग्ने नौमुले गाउँपालिका वडा नं. ३ का अध्यक्ष गगन रोकाले वताए ।
जिल्लाको दुर्गम र जनजातीको वाहुल्यता रहेको क्षेत्र भएकोले पनि विकासमूलक कार्य तदारुपताका साथ अगाडि वढाउने दृढता पनि व्यक्त गरेका छन् । गाउँपालिकाको जनप्रतिनिधिहरुले उपलिब्धमुलक विषयमा निर्णयहरु भएका छन । गाउँपालिकाको कार्यालय भवन नभएकोले तत्कालका लागि कार्यालय संचालनका लागि कार्यालय भाडामा लगेर सेवालाई चुस्तदुरुस्त गर्ने, प्रत्येक वडामा वडा कार्यालय स्थापना गरेर जनताको काम दैनीक रुपमा संचालन गर्नकालागि वडा सचिवलाई अनिवार्य वडा कार्यालयमा रहनु पर्ने, तत्कालिन गाउँ विकास समितिमा रहेका जिन्सी सामानहरु गाउँपालिकामा दाखिला गर्ने र काम नभएको समयमा समेत चलाउँदै आएको मोटरसाईकलहरुलाई पनि आवश्यक भएको वेला मात्र चलाउन निर्देशन दिने जस्ता विषयमा निर्णय भएका छन । कार्यालयको काम बाहेक सरकारी सुविधा प्रयोग गरे कारबाही गर्ने निर्णय पनि गरिएको छ ।