arrow

बाबुराम र उपेन्द्रको पार्टी एकता ‘हात्ती आयो हात्ती आयो फुस्सा’

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
baburam-and_Upendra1.png

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच अब तत्काल पार्टी एकता नहुने भएको छ । पार्टी एकताको हल्ला हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । यद्यपि, वार्ता नटुटेको नयाँ शक्तिका नेताहरुले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति सदस्य केशव दाहालले भने, ‘पार्टीको आन्तरिक छलफलमा तत्काललाई एकता प्रक्रिया रोक्ने सहमति भएको छ । यसको अर्थ फोरमसँग सम्वाद नै टुट्यो भन्ने होइन ।’

संयोजक भट्टराईको निवासमा आयोजित छलफलमा नेता दाहाल समेत सहभागि थिए । ‘फोरमसँगको एकताको प्रयास सफल भएन । वैचारिक र सैद्धान्तिक कुरा मिले पनि पार्टीको सांगठनिक संरचना र पदीय दायित्वका विषयमा कुरा मिलेन’ दाहालले भनेका छन् ।’ वार्ताको ढोका बन्द भने बन्द भएको छैन । हामी आफ्नो किसिमले अघि बढ्छौँ । फोरम आफ्नो किसिमले अघि बढ्छ ।

केही दिनअघि हाम्राकुरासँग संघीय समाजवादीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बाबुराम भट्टराईले उपेन्द्र यादवलाई अध्यक्ष स्वीकार्ने विषयमा तीन महिना अघि नै सहमति भएको बताएका थिए ।

यद्यपि, नयाँ शक्तिका नेता डा. राजेन्द्र केसीले पार्टीको नाम, झण्डा र पदीय जिम्मेवारीमा कुरा नमिलेकै कारण तत्काल एकता अघि बढ्न नसकेको बताए । आन्तरिक छलफलमा भएको सबै निर्णय बताउन नमिल्ने भन्दै केसीले तत्काललाई एकता टरेको बताए ।

उनले भने, ‘सम्वाद टुटेको छैन । तर, अहिलेलाई आ–आफ्नै तरिकाले पार्टी संगठन विस्तारमा अघि बढ्छौँ ।’ आफुहरु वैकल्पिक शक्ति भएका कारण अरु दललाई वैकल्पिक शक्तिको भजिन अनुसार आउन समय लाग्ने उनको भनाई छ ।
उनल े थपे, ‘ढिलो चाँडो हामी छुट्टै शक्तिशाली वैकल्पिक शक्ति हो । धु्रवीकरणमा छलफल व्यापक हुन्छन् । त्यसैले फोरमसँग सम्वाद टुट्दैन ।’ तेस्रो चरणको चुनावमा के गर्नु हुन्छ ? जवाफमा उनले भने, ‘त्यति सम्म कुरा पुगिसकेको छैन । हामी सम्वादमै छौँ । तत्काल एकता मात्रै नहुने भएको हो ।’ हामी युटर्न भइसकेको होइन ।   
 

कुरो मिलेन
बाबुराम भट्टराईको निवासमा पार्टी एकताका लागि भएको छलफलमा फोरम नेताहरुले एकीकृत पार्टीको नाममा ‘संघीय समाजवादी फोरम’ तीनवटै पदावली छोड्न मानेनन् । त्यसमा नयाँशक्ति थप्दा लामो हुन जाने भयो । नयाँ शक्तिका नेताले सुरुमा ‘नयाँ समाजवादी फोरम’ नाम राखेर एकता गरौं भन्ने प्रस्ताव अघि सारे । फोरमका नेताले यो प्रस्ताव मानेनन् ।

नाम मात्र नभई पदाधिकारी कति राख्ने भन्नेमा पनि यादव र भट्टराई समूहबीच कुरा मिल्न सकेन । उपेन्द्र यादव पक्षधरले भएभरका सबैलाई समेटेर ठूलो समिति बनाउने भन्दा बाबुराम पक्षधरले धेरैलाई राख्दा माओवादी केन्द्रको जस्तो भद्रगोल हुन्छ भन्दै छरितो समिति बनाउनु पर्ने धारणा राखे ।

एकतापछि पार्टीको मुख्य नेता कसलाई बनाउने र अधिकार बाँडफाँड कसरी गर्ने भन्नेमा विषयमा पनि दुई पार्टीबा नेताबीच कुरो मिलेन । नेतृत्वको सवालमा बाबुराम भट्टराई लचिलो हुँदै उपेन्द्रलाई नेता मानेर अघि बढ्न तयार देखिए । यद्यपि, नयाँ शक्ति भित्रकै नेताले उपेन्द्र यादवको उचाई नपुग्ने भन्दै असहमति जनाए ।

अब उपेन्द्र यादवसँगको एकता वार्ता नहुने भएपछि नयाँ शक्तिका नेताहरु बाबुरामकै नेतृत्वमा वैकल्पिक शक्ति बनाउने निष्कर्षमा पुगेका छन् । नयाँ शक्तिले साउन ९ र १० गते काठमाडौंमा कार्यकारी समितिको बैठक बोलाएको छ । त्यस्तै ११ र १२ गते संघीय परिषदको बैठक बोलाएको छ । यहीबीचमा संघीय समाजवादी फोरमले समेत बैठक बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ